तनहुँ महोत्सवमा शान्तिश्री परियार र बसन्त बि.कको प्रस्तुतिमा झुमे दर्शक

दमौली न्युज
  • ख-
  • ख+


दमौली: तनहुँको सदरमुकाम दमौलीमा जारी ‘नवौ तनहुँ महोत्सवमा’मा गायिका शान्तिश्री परियारको प्रस्तुतिमा दर्शक झुमेका छन् । महोत्सवमा मुख्य आकर्षणका रुपमा उपस्थित शान्तिश्रीले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई नचाइन र आफू पनि नाचिन् । शान्तिश्रीको गीत सुन्न आएका दर्शकले ठूलो स्वरमा हुटिङ गर्दै साथ दिएका थिए ।


भरिभराउ दर्शकका माझ शान्तिश्रीको ‘लाउन दाजै पिरती…’ माली गाईलाई बाधेको दाम्ला, मेरो माया छोडेर कहा जाम्ला ।’ गीतमा दर्शक रोमान्टिक बने । ‘रुकुमकोट हान माया चौका दाउ हुकुमको..’ ले भने दर्शक झुमे । ‘कम्मरैमा पटकी कसेर, मुसुमुसु हासेकी बसेर…रुकुमै कोट…आखा नि राम्रै हो ।’ गीत गाएकि थिईन । गोर्खे खुकुरी कम्मरमा, मन जित्यो मायाले पहिलो नम्बरमा…’ भाखासँग शान्तिश्रीसँगै दर्शकले समेत गीत आएका थिए ।

यस्तै शान्तिश्रीले आफ्नो चर्चित गीत ‘अडेरी काडैले मलाई च्वास्सै, च्वास्सै’ बोलको गीतले दर्शकलाई नचाईन । ‘गलबन्दी च्यातियो तिम्ले तानेर ’ बोलको चर्चित गीत गाएर गायिका शान्तिश्रीले प्रस्तुतिको बिट मारेकि थिईन । शान्तिश्रीको झण्डै एक दर्जन गीत प्रस्तुतिमा दर्शक निकै रमाएका थिए । उनको सबै गीतमा दर्शकले हुटिङ गर्नुका साथै नाचेर साथ दिएका थिए । बिहीबार शान्तिश्रीसँगै वसन्त विक, उमादेवी खनाल, समृद्धि परियार र लक्ष्मी नेपालीको समेत प्रस्तुति रहेको थियो ।


महोत्सवमा ६५ हजार दर्शकले गरेका अवलोकन


तनहुँ महोत्सवमा दिनहुँ दर्शकको भीड लागेको छ । बिहीबार सम्ममा ६५ हजार दशर्ककले अवलोकन गर्नुका साथै दुई करोड २५ लाखको कारोबार भएको महोत्सवका प्रवक्ता तथा तनहुँ उद्योग वाणिज्य सङ्घका महासचिव सुवोध अधिकारीले बताए । अधिकारीले भने, हामीले आशा गरे अनुरुपको दर्शकको भीड लाग्यो उत्साह मिलेको छ ।’ महोत्सवमा विहान ११ बजे सम्म निशुल्क प्रवेशको व्यवस्था गरेकोले दर्शको भीड लागेको महासचिव अधिकारी बताए ।

फोटो : देव गजमेर दमौली न्यूज

महोत्सवमा टिकट काट्नेले बन्दीपुर केवलकारको यात्रामा, शाहसिस खेल तथा खानामा २५ प्रतिशत छुटको अफर असार मसान्त सम्म पाउने भएकोले दर्शकलाई दोहोरो फाइदा भएको महासचिव अधिकारी बताए । अधिकारीले भने, बिहान चाँडै आउनेले निशुल्क प्रवेश पाएका छन्, टिकट काट्नेले बन्दीपुर केबलकारमा छुट पाएका छन्, महोत्सव एक फाइदा अनेक भएको छ ।’

महोत्सवमा शुक्रबार चर्चित मोडेल लोमश शर्मा र गायिका अस्मिता अधिकारी आउने

नवौ तनहुँ महोत्सवमा शुक्रबार चर्चित मोडल लोमश शर्मा गायक तथा गायिकाहरु अस्मिता अधिकारी, महेश काफ्ले, वृन्दा परियार आउने भएका छन्।


तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाईको सहआयोजनामा पुस २५ देखि सुरु भएको महोत्सव माघ ७ गते सम्म चल्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्