योजना आयोगका पूर्व उपाध्यक्ष जगदिशचन्द्र पोखरेल कांग्रेस नीति अनुसन्धान प्रतिष्ठानको निर्देशक नियुक्त

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेल नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशक नियुक्त भएका छन् ।


उनलाई पार्टी उपसभापति एवं प्रतिष्ठान प्रमुख पूर्णबहादुर खड्काले निर्देशक मनोनित गरेका हुन् । उनी यसअघि प्रतिष्ठानको सदस्य थिए ।


तनहुँका पोखरेलको प्रतिष्ठानमा यो तेश्रो कार्यकालमा निर्देशक नियुक्ति हो । यसअघि उनी तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेल तथा तत्कालीन उपसभापति विमलेन्द्र निधि प्रतिष्ठान प्रमुख रहँदासमेत निर्देशक पदमै कार्यरत थिए ।


विकास तथा नीति निर्माणमा दख्खल राख्ने पोखरेल तनहुँ कांग्रेसका संस्थापक नेता गोवद्र्धन शर्मा पोखरेलका सुपुत्र हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी