नवौं तनहुँ महोत्सवमा आज छैटौँ दिन दर्शकहरुको घुइँचो

दमौली न्युज
  • ख-
  • ख+

देव गजमेर

दमौली : नवौं तनहुँ महोत्सवमा दर्शकहरुको सहभागीको घुइँचो बढ्दै गएको छ । महोत्सव सुरू भएको छैटौ दिनमा करिब ५५ हजार दर्शकले अवलोकन गरेका छन् भने करिव दुई करोड बराबरको कारोवार भएको नवौं तनहुँ महोत्सवका प्रवक्ता सुवोध अधिकारीले जानकारी दिए ।

उनका अनुसार उद्घाटन अघि र्यालीमा सहभागी भएका, उद्घाटन कार्यक्रममा सहभागी भएका, उद्घाटनका दिनभर सहभागी भएका, महोत्सवको छैटौँ दिन सहभागिता जनाएकाहरुलाई जोड्दा करिब ५५हजारले अवलोकन गरेको अधिकारीले बताए ।

छैटौ दिन माघे सक्रान्तिको दिन मंगलबार महोत्सव परिसर भरिभराउ भएको थियो । महोत्सवमा उल्लासमय सहभागिता देख्न सकिन्थ्यो ।

तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा दमौली बजार इकाईको सहआयोजनामा विपिवनबाटिकामा जारी महोत्सव यहि माघ ७ गते सम्म चल्ने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी