गायक बद्री पँगेनी ,एलिना चौहान र मन्जु बि. क.को प्रस्तुतिमा झुमे दर्शक

दमौली न्युज
  • ख-
  • ख+

देव गजमेर

दमौली : नवौ तनहुँ महोत्सवमा सोमबार गायक बद्री पँगेनी, एलिना चौहान र मन्जु बि.क.को प्रस्तुतीमा दर्शकहरुले नाचेर धुलो उडाएका थिए।

नवौं तनहुँ महोत्सवको पाँचौै दिन उनीहरुको गीत सुन्न दर्शकको भीड लागेको थियो । ‘‘कला चल्यो, गला चल्यो मान्छे चलेन, तिम्रो घरमा मेरी छोरी भान्से चलने…’’ छुवाछुत बिरुद्धको गीतबाट सुरुवात गरेका गायक पँगेनीले जात र धर्मको आधारमा भेदभाव यो समाजमा कायमै रहेको हुनाले पनि गीतको माध्यमबाट यस्तो भेदभाव नगर्न आग्रह गरेका थिए ।

बैदेशिक रोजगारीमा विदेशिएका छोराहरुको पिडा “आमा विदा पाउदिन भन्ने गितले धेरै आमाहरुको मन भक्कानिएको थियो भने केहीका आँखा रसाएका थिए।

धर्मको आधारमा भेदभाव नगर्न आग्रह गर्दै पंगेनीको हाल चर्चामा आईरहेको तिम्रो तुला रै’छ मेरो राशी कन्या , कस्तो जोडी जुर्‍याईदिऔं धन्य अल्ला धन्य…’ बोलको गीतमा दर्शकले नाचेर धुलो उडाएका थिए । आधा दर्जन जति गीतहरु गाएका बद्रीले ‘रातो पछेउरी’, ‘ससुरालीमा’ लगायतका गीतमा दर्शक छमछमी नाचेका थिए ।

एलिनाको के माया लाग्छ र ? उधुमै लाग्छनी’, ‘कट्टा हान्दिन्छु’, छुनुमुनु हौ तिमी लगायतका गीत गाउँदा दर्शक रोमान्टिक बनेका थिए । महोत्सवमा गायिका मन्जु बि.क.को बेजोड प्रस्तुतीमा पनि दर्शकहरुले भरिपूर्ण मनोरञ्जन लिएका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्