
काठमाडौंः सरकारले कोभिड पोजिटिभ नहुँदासम्म स्वास्थ्यकर्मीलाई काममा लगाउन निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत सरकारले संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी र अन्य कर्मचारीका हकमा यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो ।
यस अघि एक साता काम गरेपश्चात संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी क्वारेन्टिन बस्ने व्यवस्था थियो । तर संक्रमित बढ्दै जाने र स्वास्थ्यसंस्थामा चाप बढेपछि सचिवस्तरीय निर्णयबाट नयाँ व्यवस्था गरिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित वा लक्षण देखिए मात्रै आइसोलेसनमा राख्ने र अन्य अवस्थामा काममा लगाउने गरी यस्तो व्यवस्था गरिएको जानकारी दिए ।
मन्त्रालयले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डेसिभिर सहजरुपमा उपलब्ध गराउन औषधि व्यवस्था विभागबाट स्वीकृति प्राप्त तीन वटा फर्मबाट किन्न सकिने जनाएको छ।