दमौली : तनहुँको व्यास – ३ विपिवनवाटिकामा संचालन भईरहेको तनहुँ महोत्सवको दोस्रो दिन लोक तथा दोहोरी क्षेत्रका चर्चित दुई कलाकारहरुको प्रस्तुती रहेको थियो ।
जव स्टेजमा खेम सेन्च्युरी झुल्किए अनि दर्शकको तालि बज्न थाल्यो उनले दर्शकको अनुरोधमा करिव आधा दर्जन भन्दा बढी गित गाएर भरिपुर्ण मनोरञ्जन दिएका थिए । त्यसै गरि टिका सानुले पनि आफ्ना गित गाएर स्टेज तताएकी थिईन ।
तनहुँ उधोग वाणिज्य संघको आयोजना तथा दमौली बजार ईकाईको सह आयोजनामा “तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पुर्वाधार ” भन्ने मुल नाराका साथ यहि पुस २५ गते देखि माघ ७ गते सम्म महोत्सव सन्चालन रहने छ ।