![](https://damaulinews.com/wp-content/uploads/2025/01/Prakashman-Singh.jpg)
देव गजमेर
दमौली: तनहुँ उधोग बाणिज्या संघको आयोजनामा आजदेखि नवौं तनहुँ महोत्सव सुरु हुँदैछ । व्यास नगर पालिका वडा नं.३ विपि वनबाटिकामा यहि पुस २५ गतेदेखि माघ ७ गते सम्म संन्चालन हुने महोत्सव आज एक कार्यक्रमका विच उप प्रधान तथा सहरी विकास मन्त्री प्रकास मान सिंहले उद्घाटन गर्ने उधोग वाणिज्या संघका अध्यक्ष बैकुण्ठ नाथ मिश्रले बताए ।
तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पुर्वधार भन्ने मुल नारराका साथ नवौं तनहुँ कृषि पर्यटन तथा प्रविधि महोत्सवको गरिमा र पहिचानलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको जनाईएको छ ।
विभिन्न जातजातिको थलो भएको तनहुँ जिल्लामा व्राह्रमणको बालन नाच,गुरुङ्ग जातजातिको घाटु नाच, मगर जातिको चुड्का, नेवार जातिहरुको लाखे, कुमाल जातिहरुको पाउदुरे नाच लगाएतको संरक्षण र स्थानिय उत्पादित बस्तुको प्रबद्र्धनको लागि तनहुँ महोत्सवले थप टेवा पुर्याउने आयोजकले जनाएको छ ।
स्थानियस्तरमा उत्पादित कृषि, घरेलु, हस्तकला उत्पादनले यस वर्षको महोत्सवले थप ऊर्जा दिने अपेक्षा गरिएको महाचिव सुवोध अधिकारीले बताए ।महोत्सवमा आदिवासी जनजातीहरुको भेषभुषा, कला संस्कृति झल्कने विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, प्रतियोगितात्मक, कृषि उपजको प्रदर्शनी समेत रहने महासचिव अधिकारीले जानकारी दिए ।