
एजेन्सी : मंगलबार बिहान गएको भूकम्पमा परी चीनमा मृत्यु हुनेकाे संख्या ५३ जना पुगेकाे छ।
चिनियाँ समाचार संस्थाहरूले लेखेअनुसार चीनमा भूकम्पमा परी ५३ जनाको मृत्यु र ६२ जना घाइते भएकाे पुष्टि भएको छ।
चीनको सयमअनुसार बिहान ९:५ बजे त्यहाँको दिङ्गे केन्द्रविन्दु भएर ६.८ म्याग्नेच्युडको भूकम्प गएको थियाे।
जसबाट तिब्बतीय क्षेत्रमा अझै क्षति भएको हुन सक्ने आँकलन गरिएको छ। अहिले विवरणहरू संकलन गर्ने काम भइरहेको छ।
नेपाली समयअनुसार बिहान ६:५० बजे भूकम्प गएको हाे। नेपालकाे भूकम्प मापन केन्द्रमा ७ म्याग्नेच्युडको भूकम्प मापन भएको छ।
भूकम्पको कम्पन चीनसँगै नेपाल र भारतसम्म पुगेको छ। कनिका खवर