माओवादी केन्द्रको तनहुँका सबै पालिकामा अधिवेशन सकियो

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः माओवादी केन्द्रले तनहुँका सबै तहमा पालिका अधिवेशन सम्पन्न गरेको छ । जिल्ला सम्मेलनपूर्व सबै तहमा अधिवेशन सकिएको पार्टी जिल्ला संयोजक मदन आलेले जानकारी दिए ।

यसअघि अधिवेशन हुन बाँकी अन्तिम पाकिला भीमाद अधिवेशनबाट अमृत सिग्देल निर्वाचित भएका छन् । शनिबार भिमाद नगरपालिका १ किहुँ बडहरभञ्ज्याङ्गमा सम्पन्न भएको नगर कमिटीको दोस्रो अभिवेशन मार्फत सिग्देलको अध्यक्षतामा ४५ सदस्यीय कमिटी गठन गरिएको माओवादीले जनाएको छ ।


नगर कमिटीको उपाध्यक्षमा मौसम गैह्रे, दशरथ गैह्रे, तिर्थ सिग्देल,सचिवमा दिनेश सिग्देल सहसचिवमा हुमनाथ सिग्देल र कोेषाध्यक्षमा प्रमिला थापा चयन भएका छन् । जिल्ला संयोजक आलेले शनिबार भिमादमा खबरदारी सहित सम्पन्न भएको नगर कमिटीको अधिवेशनसँगै जिल्लाका १० वटै पालिकामा अधिवेशन सम्पन्न भएको बताए ।


पालिका अधिवेशन मार्फत ब्यास नगरपालिकामा गोपाल सुर्खाली, शुक्लागण्डकी नगरपालिका शरण सापकोटा, भानु नगरपालिकामा भरत थापा, ऋषिङ्ग गाउँपालिकामा डम्वर विक, घिरिङ्ग गाउँपालिकामा चुननारायण श्रेष्ठ, म्याग्दे गाउँपालिकामा बालकृष्ण श्रेष्ठ, बन्दीपुर गाउँपालिकामा धुर्वप्रसाद लामिछाने, आँबुखैरेनी गाउँपालिकामा खगराज गौली र देवघाट गाउँपालिकामा भुवनसिं गुरुङ्गको अध्यक्षतामा कमिटी गठन भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी