छोराको हत्यामा अभियोगमा बुबा पक्राउ

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौं : छोराको हत्या आरोपमा सिन्धुलीमा बुबा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका–३ चपराडाँडाका ७६ वर्षीय डोमान सिंह सार्की छन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नै माइला छोरा ४९ वर्षीय लिलाबहादुरको हत्या गरेको आरोप छ ।

डोमान सिंहले घरायसी विवादको क्रममा गल प्रहार गर्दा लिलाबहादुर गम्भीर घाइते भएका थिए ।

उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । त्यसपछि प्रहरीले बुबालाई पक्राउ गरेर कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्