बन्दीपुर केबलकारको लिग भाँचिदा दुई दिन केबलकार सेवा बन्द

दमौली न्युज
  • ख-
  • ख+

बन्दिपुर: बन्दिपुर केबलकारको २ नम्बरको पोलनिरको भागमा रहेको लिग भाँचिएर डिब्बा खसेको छ । लिग भाँचिएर तार तल लत्रीएर एउटा डिब्बा भुइँ नजिकै झुन्डिन पुगेको थियो ।

उक्त डिब्बा सन्जोगले खाली रहेको हुँदा कुनै मानवीय लगायतका अन्य क्षति भने हुन नपाएको स्थानियले बताएका छन् ।

केवलकारमा केही समस्या आएकाले मिस्त्रीलाई पोलमा चढाएर काम भइरहेको जनाइएको छ । बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडद्वारा प्रवर्धन गरिएको बन्दीपुर केवलकार २ दिन बन्द हुने भएको हो ।

केबलकारको सेवा थप चुस्त र दुरुस्त बनाउन टियुभि अन्तर्गत केही विद्युतीय प्रणालीमा स्तरउन्नती गर्नुपर्ने भएकाले बन्द गरिएको जनाईएको हो । बन्दीपुरहीलले आज सूचना जारी गर्दै यसबाट यात्रु तथा पर्यटकलाई पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौ भनिएको छ ।

स्काई साइसाइक्लिङग,जीपलाइन सेवा र ड्राइभ इन रेष्टुरेन्टको सेवा भने नियमित रुपमा संचालनमा रहने बन्दीपुरहीलका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । उनका अनुसार स्थानीय व्यक्ति र शेयरधनीहरुका लागि सहुलियत कार्ड वितरण भइरहेकाले मौकाको फाइदा उठाउन अनुरोध गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्