तिन दिन विद्यालयको बृहत खेल महोत्सव चल्ने

दमौली न्युज
  • ख-
  • ख+


दमौली : शिवपाञ्चायन अंग्रेजी माध्यमिक विद्यालय व्यास –३ देउरालीनगरमा बृहत खेल महोत्सव सुरु गरिएको छ । पौष १९ गते सम्म संचालन हुने खेल महोत्सव विशेष गरि विद्यार्थीहरुको लुकेको प्रतिभा र स्वास्थ्यको लागि भनि खेल महोत्सव सुरु गरिएको हो ।


खेलकुद मनोरञ्जन वा प्रतिस्पर्धा मात्र नभई शारीरिक र मानसिक स्वास्थ्य सुधार, सामाजिक रूपान्तरण र समावेशीकरणको प्रभावकारी माध्यम सहित भएको हुनाले पनि विद्यालयले पछिल्लो समय खेलकुदलाई विशेष प्राथमिकतामा राखिएको विद्यालयका प्रधानाध्यापक बलराम वाग्लेले बताए ।

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष विष्णु् भक्त न्यौपाने,पुर्व अध्यक्ष नेत्र बहादुर रानाभाट, व्यास ३ का वडा सदस्य दधिराज घिमिरे लगाएतका वक्ताहरुले खेल महोत्सवले विद्यार्थीहरुको स्तरमा खेलकुदको महत्वलाई स्थापित गर्न तथा समुदायमा सकारात्मक सोच र अनुशासनको विकास गर्न योगदान पुर्याउने बताएका थिए ।

प्रमुख अतिथि व्यास नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष अनुप रानाले कार्यक्रमको उद्घाट संगै मन्तव्यको क्रममा उक्त खेलकुद महोत्सवलाई २५ हजार सहयोग गर्ने घोषण पनि गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिल कुमार थापाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम सञ्चालन स.प्र.अ.एवं सुचना अधिकारी हेमलाल घिमिरेले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्