तनहुँ प्रहरी उत्कृष्ट

  • ख-
  • ख+

दमौलीः जिल्ला प्रहरी कार्यालय तनहुँ उत्कृष्ट घोषित भएको छ । ६५ औं प्रहरी दिवसका अवसरमा पोखरामा आयोजित कार्यक्रममा तनहुँ प्रहरीलाई उत्कृष्ट घोषणा गरिएको हो ।
तीन महिनामा गरिएको कार्यसम्पादनका आधारमा तनहुँ प्रहरीलाई
प्रदेशमै उत्कृष्ट घोषणा गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


पोखरामा आयोजित कार्यक्रममा तीन महिनाको कार्यसम्पादनका आधारमा तनहुँ प्रदेशमै उत्कृष्ट घोषणा भएको हो । कार्यक्रममा मुख्यमन्त्री, आन्तरिक मामिला मन्त्री तथा गण्डकी प्रदेश प्रहरी प्रमुख पनि सहभागी थिए ।


पछिल्लो समय पुराना फैसला भएका मुद्दा कार्यान्वयनमा प्रहरीले काम गरिरहेको थियो । यसै आधारमा पनि पछिल्लो तीन महिनाको नतिजामा तनहुँ प्रहरीलाई उत्कृष्ट घोषणामा सघाउ पुगेको बताइन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी