तनहुँ महोत्सवमा किसानलाई निःशुल्क स्टल

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः तनहुँ उद्योग वाणिज्य संघले यही पुस २५ गते देखि माघ ७ गते सम्म दमौलीमा आयोजना गर्ने नवौं तनहुँ महोत्सवमा किसानका उत्पादन बिक्री गर्न निःशुल्क स्टल दिइने भएको छ ।


महोत्सवमा आफ्ना उत्पादन बिक्री गर्न चाहने किसानलाई निःशुल्क स्टलको व्यवस्था गरिएको तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक वैकुण्ठनाथ मिश्रले बताए ।

किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजको प्रदर्शनी तथा बजारीकरण गरी उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउने हाम्रो प्रमुख हो, उनले भने, किसानलाई स्टलको पैसा तिर्नुपर्दैन ।’

किसानलाई बढी फाइदा होस् भनेर पालिकासँग समन्वय गरेर निःशुल्क ढुवानीको व्यवस्था गर्ने प्रयास भैरहेको मिश्रले जानकारी दिए ।

महोत्सवका क्रममा कृषि क्षेत्रमा भएको उत्पादनको बजारीकरण, नयाँ प्रविधिबारे जानकारी प्रदान गरिने आयोजकले जनाएको छ ।
कृषि अन्तर्गत कृषिउपज प्रदर्शनी, स्थानीय हस्तकलाको प्रदर्शनी र स्थानीय उद्योगबाट उत्पादित कृषि सामग्रीको प्रदर्शनी स्टल राखिने छ ।

महोत्सवमा अन्नबाली, दलहन बाली, नगदेबाली, फलफूल, तरकारी, मसला बाली, च्याउ बाली र महलगायत स्थानीय कृषि उपज तथा उत्पादन समावेश गरिने छ ।


महोत्सव मार्फत तनहुँको पर्यटन प्रवद्र्धन र धार्मिक एवं ऐतिहासिक स्थलको प्रवद्र्धन गरिने तनहुँ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा महोत्सवका निर्देशक पविन्दकुमार श्रेष्ठका अनुसार महोत्सवमा दुई सय वटा स्टलहरु रहनेछन् । हालसम्म आधाभन्दा बढी बुकिङ भईसकेको उनले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी