भिमाद वडा कमिटीको अधिबेसन

दमौली न्युज
  • ख-
  • ख+

शालिकराम गहतराज

भिमाद : नेकपा एमाले भिमाद नगर कमिटी वडा नं ५ को दोस्रो अधिवेसन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा बलराम मरासिनी, उपाध्यक्षमा भुल बहादुर नेपाली रहेका छन् । त्यसैगरी सचिवमा ओम शिव कुमार श्रेष्ठ, उप सचिवमा विष्णु श्रेष्ठ र कमला नेपाली रहेका छन् । सदस्यहरुमा मिरा गुरुङ, कुमारी थापा राना, धन बहादुर थापा, ज्योतिखर गैह्रे, मोतिलाल आले,उदय कृष्ण गैह्रे ,कुशुम श्रेष्ठ, सोम माया नेपाली ,पुर्णिमा थापा ,रीता राना युनिका थापा आले, बुद्धिमाया परियार , सन्तोष गैह्रे, मोतिलाल परियार ,अस्मिता क्षेत्री र यमकान्त खनाल रहेका छन् ।

वडा कमिटी उपाध्यक्ष गोबिन्द गुरुङको अध्यक्षतामा र नेकपा एमाले केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला ईन्चार्ज केदार सिग्देलको प्रमुख आतिथ्यमा कार्यक्रमम गरिएको हो । प्रमुख अतिथि सिग्देलले पार्टी बलियो बनाउन तल्लो तहका टोल कमिटी र वडा कमिटीले इमान्दार भएर काम गरेको खण्डमा पार्टीले सोचे अनुसारको सफलता मिल्ने बताए । उनले भने देशको अबस्था नाजुक बन्दै गएको बेला आफ्नो ठाउँमा बाजो बारी सिन्चित गरेर पनि आयआर्जन गर्न सकिन्छ र देशको आर्थिक भारलाई कम गर्न सकिन्छ ।

उक्त कार्यक्रममा नेकपा एमाले सल्लाहकार परिषद् सदस्य प्रताप लाल श्रेष्ठ, तनहुँ जिल्ला कमिटी उपाध्यक्ष राजेश्वर ढकाल, जिल्ला कमिटी सदस्य, नगर कमिटी पदाधिकारी सदस्य र वडा कमिटी का संगठित सदस्य र शुभचिन्तकहरूको सहभागिता रहेको थियो । त्यसैगरी नगर कमिटिले सात जना जेष्ठ नागरिक लाई सम्मान गरेको थियो । स्वागत मन्तव्य भगवती गैरेको थियो भने कार्यक्रम सहजिकरण ओम शिब कुमार श्रेष्ठले गरेको नगर कमिटी सदस्य संगिता बिश्वकर्माले जानकारी दिईन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी