ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

दमौली न्युज
  • ख-
  • ख+

दमौली: पृथ्वीराजमार्गको दमौली मुग्लिङ सडक खण्डमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरिक्षक मुनेन्द्र थापाले जानकारी दिए अनुसार आँबुखैरेनी गाउँपालिका वडा नं १ आधीखोलामा भएको ट्रक दुर्घटनामा ट्रक चालक उदयपुरका ३० बर्षिय भेषराज पराजुली र सहचालक रौतहटका २८ बर्षिय विजय विश्वकर्माको मृत्यु हुन पुगेको थियो ।

दुर्घटनाग्रस्त ट्रक खोलामा खसेको थियो । डुम्रेबाट आँबुखैरेनी तर्फ बा प्र ०१–००१ य १६५९ नम्बरको स्कारपियोलाई ए–२ –०३००–१–केएच २४४८ नम्बरको ट्रक ठोक्किन पुग्दा उक्त दुर्घटना हुन पुगेको थियो ।

दुर्घटना ग्रस्त ट्रक इट्टा बोकेर आएको थियो । यस घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी