भानु जन्मस्थलोलाई अझ बढी चिनाउन महोत्सवको आयोजना

दमौली न्युज
  • ख-
  • ख+

भानु: राष्ट्रिय विभूति भनेर चिनिने नेपाली भाषाका आदिकवि भानुभक्तको आचार्यको जन्मथलोलाई साहित्यिक र सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्न महोत्सव हुने भएको छ ।

भानु नगर उद्योग वाणिज्य सङ्घको आयोजनामा हुन लागेको महोत्सवले जन्मथलोलाई साहित्यिक र सांस्कृतिकको रुपमा विकास गर्न महोत्सव हुन लागेको हुने हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गरी साहित्यिक धाम बनाउने मुख्य उद्देश्यले गरिने महोत्सव भानु नगरपालिका–१ भन्सारमा पुस ९ गतेदेखि २१ गते सम्म सञ्चालन हुने छ ।

भानुको जन्मस्थल ओझेलमा परेकाले प्रचार प्रचार गर्न महोत्सव गर्ने निर्णय गरिएको र तयारी पूरा भएको भानु नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवम् महोत्सव मूल समारोह समिति संयोजक कृष्णकुमार श्रेष्ले बताए। श्रेष्ठका अनुसार “सिङ्गो नेपाललाई भाषाको माध्यमबाट जोड्ने आदिकवि भानुभक्त आचार्यको जन्मथलो ओझेलमा परेपछि यसलाई साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाउन टेवा पुर्‍याउन महोत्सव गर्ने निर्णय गरेकाे थियाे ।”

महोत्सवमा एक लाख बढी पर्यटकको आवागमन हुनुका साथै रु.६४ लाखको आर्थिक कारोवार हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ । महोत्सव सफल बनाउनका लागि मूल समारोह समितिसहित ३९ वटा कार्यगत समिति गठन गरिएको आयोजक समितिका महासचिव कृष्णचन्द्र कोइरालाले जानकारी दिए। महोत्सवमा भानु जन्मस्थल चुँदीरम्घा र यस आसपासको अवलोकन भ्रमण, औद्योगिक प्रदर्शनी तथा खरीद बिक्री, सुन्तला, मास एवं अदुवा, ताजा तरकारी बिक्री तथा प्रदर्शनी, रमाइलो मेला,चर्चित कलाकार बीचको दोहोरी गीत प्रतियोगिता,आदिवासी जनजातिय भेषभूषा, झाँकी तथा संस्कृति भल्किने कार्यक्रम गरिने कोइरालाले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी