
चितवन : चितवनको गड्यौली चर्चमा एक जना महिला मृत भेटिएकी छिन् । चितवनको राप्ती नगरपालिका वडा नंबर २ गड्यौलीमा रहेको गड्यौली चर्चमा बस्दै आएकी महिला मृत भेटिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
मृतक महिला मकवानपुरको कैलाश गाउँपालिका–१० की ४४ वर्षीया छिरिङ स्याङ्तान रहेको प्रहरीले जनाएको छ । ओछ्यानमा बेहोस अवस्थामा छोराछोरीले देखेपछि उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरले जनाएको छ ।
बुधबार साँझ साढे ५ बजे बेहोस अवस्थामा देखेपछि आफन्तले उनलाई अस्पताल लगेकोमा उपचारको क्रममा स्याङ्तानको बुधबार साँझ ६ बजेर १५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।