शिक्षक सङ्गठन भिमादकाे तेस्राे नगर अधिवेशन

दमौली न्युज
  • ख-
  • ख+

शालिकराम गहतराज

भिमाद : नेपाल राष्ट्रिय शिक्षक सङ्गठन भिमादकाे तेस्राे नगर अधिवेशन सम्पन्न भएकाे छ। नेकपा (एमाले) सल्लाहकार परिषद् सदस्य तथा भिमाद नगरपालिका प्रमुख दधिराज सुबेदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

अधिवेशनले अध्यक्षमा केशर बहादुर खड्कालाई सर्वसम्मत चयन गरेको छ । त्यसैगरी समितिको महिला उपाध्यक्षमा अनिता खनाल चयन भएकी छन् भने अर्का उपाध्यक्ष राम शरण भण्डारी रहेका छन् ।

त्यसैगरी सचिवमा प्रबिण सुबेदी, कोषध्यक्षमा बिष्णु बहादुर थापा, महिला सह सचिवमा प्रभा भुजेल,सह कोषाध्यक्षमा शुमित्रा वाग्ले रहेका छन् । सदस्यहरूमा बिजय शर्मा, रस्मी श्रेष्ठ , जस बहादुर परियार, हिक मति गुरुङ, सुमित्रा थापा, मनोज थापा,राजेन्द्र गुरुङ रहेका छन् ।

उक्त कार्यक्रम नेपाल शिक्षक संगठन भिमादका अध्यक्ष सुरज लम्सालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण रामशरण भण्डारीले गरेकाे प्रकास तिमिल्सिनाले जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी