
दमौली: अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामानेपालमानवअधिकार वर्ष पुस्तक–२०२५को लागि सङ्कलित घटनाहरुको प्रकाशन पुर्वको वार्षिक पुर्व समीक्षातथातनहुँजिल्लाको मानवअधिकारको अवस्थाको बारेमाअन्तरक्रिया कार्यक्रम शुक्रबार दमौलीमा सम्पन्नभयो । मानवअधिकार वर्ष पुस्तकको लागि सङ्कलित घटनाहरुको बारेमा सरोकारवालानिकायको सुझाव सङ्कलनगर्ने उद्देश्यले आयोजनागरिएको थियो ।
इन्सेकको तथ्यांकअनुसार तनहुँमा सन २०२४ मामानवअधिकार उल्लंघन तथाज्यादतीका७१ वटा घटनाबाट ७१ जना पीडित भएका छन् । सो कार्यक्रममा इन्सेक जिल्लाप्रतिनिधिप्रकाशचन्द्र भट्टराईले सन २०२४ मातनहँु भएकामानवअधिकार उल्लंघन र ज्यादतीका घटनाहरु सार्वजानिक गरेकाथिए । यो अवधिमाभएको ७१ वटामानवअधिकार उल्लंघनका घटनामा ६७महिला र ४ पुरुष सहित७१ जना पीडित भएका छन् । जसमा घरेलु हिंसा तर्फ २८ वटा घटना भएका छन् ।
त्यस्तै बलात्कार, बलात्कार प्रयास र यौनजन्य दुव्र्यहवार तर्फ ३४ वटा घटना भएका छन् । बेचविखनमा १, हत्यामा ६ कुटपिट दुव्र्यहवारमा २ वटा भएका छन् ।
सो कार्यक्रममाबोल्दै प्रमुख जिल्लाअधिकारी श्याामकृष्ण थापाले सरकारले मानवअधिकारको उल्लंघन गर्ने नभई संरक्षण गर्ने बताए । इन्सेक जस्ता मानवअधिकार संघ संस्थाले राज्यलाई मानवअधिकार कार्यान्वयनकोलागि समय समयमाखबरदारी गरिरहनु पर्ने उनले बताए ।
सबैले कानुनको पालना र सम्मानगर्ने हो भने मानवअधिकारको संरक्षण हुने प्रजिअथापाले बताए । राज्यले कानुनकार्यान्वयनको क्रममा कसैलाई पनि भेदभावनगर्ने भन्दै प्रजिअथापाले उजुरी परेको घटनाका सबै पीडितले न्यायपाउने वातावरण बनाउने बताए । पछिल्लो समय सामाजिक सन्जालको गलतप्रयोगको कारण हिंसाका घटनामा बृद्धि भईरहेको बताए । मानवअधिकारको संरक्षण र सम्बद्र्धनको लागि इन्सेकको भुमिका महत्वपुर्ण रहेको भन्दै प्रजिअमानवअधिकारको रक्षाको लागि इन्सेकले आफ्नो भुमिकाविगतको भन्दाअझप्रभावकारी बनाउनु पर्ने बताए ।
सो कार्यक्रममाजिल्लाप्रहरी कार्यालयकाएसपी बिरेन्द्रबहादुर शाहीले मानवअधिकारको घटना राज्यसँग सम्बन्धितहुने भएकोले प्रहरीले मानवअधिकार हननका घटनामा शुन्य सहनशिलताको नीतिलिएको बताए । मानवअधिकारको संरक्षण र सम्बद्र्धनको लागिप्रहरीले विभिन्न स्थानमा सचेतनाको कार्यक्रमगर्दै आईरहेको भन्दै एसपीशाहीले राज्य नै मानवअधिकारको मुख्य संरक्षक भएको भन्दै मानवअधिकार र मौलिकहकमा समावेश भएकाअधिकारहरु नागरिकलाईउपलब्ध गराउनु राज्यको मुख्यदायित्वभएको बताए ।
प्रहरीले मानवअधिकारको उल्लंघन गर्यो भन्ने गुनासो आउननदिने उनले प्रष्ट पारे । उनले घरेलु हिंसा अन्त्यकोलागि र मानवअधिकारको प्रत्याभुतीकोलागिकानुनबमोजिमकामगर्ने प्रतिबद्धता जनाए । इन्सेकले मानवअधिकारको संरक्षण र सम्बद्र्धनमा राज्यलाई सहयोग गर्दै आएको उनको भनाई थियो ।
नेकपा एमालेका जिल्ला कमिटिका उपाध्यक्ष राजेश्वर ढकालले मानवअधिकारको विषयलाई इन्सेकले राम्रोसँग उठान गरेको बताए । इन्सेकले उपलब्ध गराएको तथ्याङ्क सहितको प्रतिवेदनले राजनीतिक पार्टीलाई पनि आफ्नो बैठकहरुमा छलफल गर्ने आधार हुने उनको भनाई थियो । इन्सेकको प्रतिबेदनले जिल्लाको मानवअधिकारको अवस्थाको बारेमा प्रष्ट हुने भन्दै उनले मानवअधिकारको विषयविश्वव्यापी र सबैकोलागिभएको हुँदा राज्यले यसमाविभेद गर्न नहुने बताए । उनले मानवअधिकार हननका घटना निरुत्साहितगर्न पार्टीको तर्फबाट सक्दो पहलगर्ने प्रतिबद्धता जनाए ।
नेपालीकाँग्रेसकाजिल्लाकार्य समिति सदस्यसिर्जनातिवारीले मानवअधिकारको संरक्षणकोलागि नेपालीकाँग्रेस सँधै प्रतिबद्ध रहेको बताइन् । लक्षित सुदायमामानवअधिकार प्रति सचेतनाजगाउन सकेमामानवअधिकारको संरक्षण र सम्बद्र्धन हुने उनले बताइन् । उनले मानवअधिकारको संरक्षणमा इन्सेकले पुर्याएको योगदान महत्वपुर्ण रहेको बताइन् ।
पत्रकार महासंघ तनहुँकाअध्यक्ष डिपि अधिकारीले सन्चारकर्मीहरुले पनि नागरिकको मानवअधिकारको सम्मानगर्दै मानवअधिकार संरक्षण हुने गरि कलमचलाउने बताए । इन्सेकको प्रतिवेदनले सन्चार माध्यमलाई जिल्लाको मावनअधिकारको अवस्थाको बारेमातथ्यांकविश्लेषण गर्न सहयोग पुग्दै आएको अधिकारीले बताए । महिलामानवअधिकार रक्षक सन्जालकीअध्यक्षकल्पनापौडेलले मानवअधिकार हननहुने प्रवृत्ती विगतको भन्दा फरक भएको भन्दै सामाजिक सन्जालको गलतप्रयोग तथा बढ्दो दुव्र्यसनीले पनिमहिलाहरु बढि पीडित हुने गरेको बताइन् ।
मानवअधिकार एलायन्सकीअध्यक्ष सरस्वतीसिग्देलले शिक्षा, स्वास्थ्य र खाद्यकाविषयलाई पनिमानवअधिकार वर्ष पुस्तकमा समावेश गर्नु पर्ने बताइन् ।
महिलामानवरक्षक सन्जालकी सदस्य बसुन्धरा घर्तीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममाअपाङगता अधिकारकर्मी मदनपौडेल, पत्रकार महासंघ तनहुँका पुर्व अध्यक्षओमकार आचार्य, दलित अधिकारकर्मीद्वय भिम बहादुर विक र दिपक खाती लगायतले सुझाव मन्तव्य राखेका थिए ।