नेपाल रेडक्रस सोसाईटीको रक्त सञ्चार केन्द्र

दमौली न्युज
  • ख-
  • ख+

दमौली: नेपाल रेडक्रस सोसाईटी तनहुँले रक्त सञ्चार केन्द्रको दिगो रुपमा सञ्चालनको लागि अक्षयकोष स्थापना गरेको छ । तनहुँका विभिन्न पालिकाकाहरुको सहयोगमा कोष स्थापना गरिएको हो ।

अक्षयकोषको लागि हाल सम्म २१ लाख ५० हजार रुपियाँ खातामा जम्मा भईसकेको र सहयोग आउने क्रम जारी रहेको नेपाल रेडक्रस सोसाईटी तनहुँका कोषाध्यक्ष प्रतापसिंह अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार व्यास नगर पालिकाबाट पाँच लाख, बन्दीपुर गाउँपालिकाबाट पाँच लाख, म्याग्दे गाउँपालिकाबाट पाँच लाख, भानु नगरपालिकाबाट चार लाख, भीमाद नगरपालिकाबाट दुई लाख रुपियाँ र घिरिङ गाउँपालिकाबाट ५० हजार रुपियाँ गरी २१ लाख ५० हजार रुपियाँ जम्मा भईसकेको छ ।

यसैगरी शुक्लागण्डकी नगरपालिकाबाट तीन लाख, देवघाट गाउँपालिकाबाट दुई लाख ५० हजार, ऋषिङ गाउँपालिकाबाट दुई लाख रुपियाँ जम्मा गर्ने प्रतिबद्धता आईसकेको छ । आईसकेको र प्राप्त हुन बाँकी गरी २९ लाख पुगेको छ ।

अक्षकोषको लागि ५० लाख रुपियाँ रुपियाँ लक्ष्य राखिएको कोषाध्यक्ष अधिकारीले जानकारी दिन्ुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी