
देव गजमेर
दमौली : समयको गति सँगै विस्थापित भएर जाने क्रममा रहेको आरन व्यवसायी पेसा संकटमा पर्नुका साथै लोप हुन लागेको अवस्थामा छ । पुर्खा देखि गर्दै आएको आरन पेशाले परिवार पाल्न गाह्रो भए पछि धेरैले यो पेशा छाड्न बाध्य भएका छन् । लामो समय देखि वैदेशिक रोजगारीको लागि विदेश बसेका भिम बहादुर वि.क.यति बेला पुर्ख्यौली पेशाको संरक्षण संगै आरन व्यवसायीबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । करिव ६ वर्ष विदेश वसेर नेपाल फर्किएका वि.क ले यो पेशा विस्तारै विस्थापित हुन लागेकोबाट जोगाउन सफल भएका पनि छन् ।
व्यास नगरपालिका वडा नं ०३ वस्ने भिम बहादुर वि.क.ले वजारमा आएको आधुनिक सामाग्रीका कारणले आफ्नो पेशा संकटमा परेको हुदाँ पनि यो पेशाको लागि सरकारी निकायबाट पनि सहयोग हुनु पर्ने बताउ छन् । आफ्नै कारखाना आरन व्यवसायीबाट ३ जनालाई रोजगारी दिएका उनले आरनको लागि चाहिने कोईला नै अहिलेको समस्य भएको बताए । उनले भने “अनुदान त पाएका छौं तर कोइलाका लागि जङ्गल जानु पर्ने,जंगलको रुखबाट कोईला बनाउनु पर्ने बाध्यता र वनमा रुख काट्न नपाइने भएकाले काम गर्न भने केही समस्या भएको उनको गुनासो छ ।
परम्परागत सीपमा आधारित आरन व्यवसायबाट भिम बहादुर वि.क.ले पुराना घरायसी प्रयोजनका सामान मर्मत गरेर मात्रै पनि यो पेशाबाट राम्रो आम्दानी गर्ने गरेको बताए । पुरानो सामान मर्मत मात्र नभई नयाँ सामान बाट पनि राम्रो आम्दानी भएको उनी बताउछन् । नयाँ बनाएको बन्चरो, हँसिया, कोदाली,मासु काट्ने दाउ जस्ता समान बेचेर बार्षिक आम्दानी ६ लाख कमाई हुने उनको भनाई छ । अन्य रोजगारी नभएको बताउदै आफ्नो परिवार यसै पेसाबाट चलेको पनि बताए ।
पहिला यहि पेशाको माध्यम बाट धेरैले परिवार पाल्दै आएकोले राम्रो संग यो पेशालाई चिन्न सके यसको संरक्षण गरेमा यो पेशाबाट परिवार पाल्न सकिने बताउ छन् । धेरैले यो पेशाबाट बाच्न नसकिने भन्ने अवस्था रहेकोमा उनले अवको पुस्ता यो पेशावाट वाच्न सक्ने अवस्थामा रहेको पनि बताए । आफु सहित ३ जनालाई रोजगारी दिएको र चार घर परिवार यस पेशाबाट पालिएको बताए उनले भने “मेरो कारखानामा म सहित ३ जनाले रोजगारी पाउनु भएको छ । ४ घरको परिवारको छोराछोरीको लालन-पालन, पढाइ-लेखाइ खर्च यसैबाट चलाएका छौं ।” वि.कले कृषि तथा घरायसी प्रयोजनका सबै सामान बनाउने गरेका छन् ।