
दमौली : आर्थिक अवस्था कमजोर भएको बालबालिकालाई जाडोको कपडा सहयोग गरिएको छ।युवा अभियानन्त अविनाश पन्थीले छाब्दी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा ११ थान सुईटर र ९ थान टोपी सहयोग गरेका हुन।

त्यसैगरी मच्छे कन्य निमावि विद्यालयमा २४ थान स्विटर वितरण गरेका थिए । अविनाश पन्थ १२ पढ्दै गरेका युवा हुन् उनले पछिल्लो समय अभियान मार्फत विभिन्न विपन्न आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई सहयोग गर्दै आएका छन्।