आँबुखैरेनी गाउँपालिकाको अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा उपकर, डायलसिस र सुत्केरी सेवा अनुमति

दमौली न्युज
  • ख-
  • ख+

आँबुखैरेनीः आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शल्यक्रियासहितको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रमका लागि स्वीकृति दिएको छ ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानसहितका जनप्रतिनिधिहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पतालको सेवा वृद्धिमा सघाउने प्रतिबद्धता जनाएका थिए ।


सोहीअनुसार मन्त्री पौडेलले मन्त्रालयअन्र्तगतको परिवार कल्याण महाशाखामार्फत अस्पताललाई स्वीकृति दिन भनेका थिए । अनुगमनपश्चात हालै स्वीकृति प्राप्त भएको जानकारी प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।


गाउँपालिका अध्यक्ष शुक्र चुमानले यस पहलका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री पोडेललाई धन्यवाद ज्ञापन गरेका छन् । यो सेवा थपिए पछि सुत्केरीको शल्यक्रिया सेवाका लािग बजारबाहिर जानु पर्ने अवस्था हट्ने उनले बताए ।

मन्त्री पौडेलले अस्पतालमा डायलसिस सेवाका लागि समेत अनुमति दिलाएका थिए । अस्पतालका लागि आवश्यक केही उपकरणसमेत मन्त्रालयले उपलब्ध गराइसकेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्