
दमौली : जेसिआई व्यास नगरको ३० औ शाखा अधिबेशन सम्पन्न भएको छ। जेसी सुमित ढुंगाना उक्त अधिवेशनबाट बर्ष २०२५ का लागि अध्यक्षमा निर्वाचित भएका छन् ।
कार्यकारिणी उपाध्यक्षहरु जेसी सनम अधिकारी र जेसी सुरज गुप्ता निर्वाचित भएका हुन्। त्यसैगरी उपाध्यक्षहरुमा जेसी अन्कित गुरुङ , जेसी यम बतास,जेसी अनुप राना जेसी बिरोध श्रेष्ठ निर्वाचित भएका थिए।
त्यसैगरी महासचिव जेसी रवि भुजेल कोषाध्यक्षमा जेसी डिक्सन मल्ल निर्वाचित भएका छन् भने सचिवका लागी जेसी बिनोद कुमार गोशली र कानुनी सल्लाहकारमा जेसी गोपाल निर्वाचित भएका छन्।