पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित भएकी छिन् । यसको औपचारिक घोषणा भने केहीबेरमा गरिने छ ।

यो सँगै नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो पटक एउटी महिला पत्रकारले नेतृत्व गर्नेछिन् । गत शुक्रवार सम्पन्न निर्वाचनबाट अध्यक्षमा निर्मला शर्मा विजयी भएसँगै महासंघले पहिलो पटक महिला नेतृत्व पाएको हो ।

शर्माले निकटम प्रतिद्वन्द्वी रमेश विष्टलाई पराजित गर्दै महासंघको नेतृत्व गर्ने भएकी हुन् । बिष्ट वरिष्ठ उपाध्यक्ष थिए । चुनाव गर्न असक्षम भएसँगै उपाध्यक्ष बाला अधिकारी नेतृत्वको महासंघले निर्वाचन गरेको हो ।

केन्द्रीय निर्वाचन समितिले अनुसार निर्वाचनको अन्तिम मत परिणामको आज सार्वजनिक गरिने छ ।

केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यमा अधिकांश शर्मा नेतृत्वको प्यानलका उम्मेदवार निर्वाचित हुने निश्चित भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी