पत्रकार महासंघ तनहुँ शाखाको अध्यक्षमा डिपी अधिकारी

दमौली न्युज
  • ख-
  • ख+

दमौली : नेपाल पत्रकार महासंघ तनहुँ शाखाको २७ औं महाधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट डिपी अधिकारी निर्वार्चित भएका छन्। अधिकारीले ३३ मत प्राप्त गरी बिजयी भएका हुन् ।

कूल ५१ मत मध्ये ४४ मत खसेकोमा अधिकारीले ३३ मत प्राप्त गरी बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नारायण खड्काले ११ मत प्राप्त गरी पराजित भएका थिए।  त्यसैगरी उपाध्यक्षमा प्रताप रानाले ३० मत प्राप्त गरी बिजयी बनेका थिए भने। उनका निकटक प्रतिद्धन्द्धी साने बहादुर नेपालीले ११ मत प्राप्त गरेका थिए ।

त्यसैगरी सचिव पदमा कृष्ण न्यौपानेले ३६ मत प्राप्त गरी बिजयी बने भने उनका निकटतम प्रतिद्धन्दी अस्मिता खनालले १६ मत प्राप्त गरेकी थिइन् । सहसचिव पदमा ऋषिकान्त दुवाडीले ३० मत प्राप्त गरी बिजयी बनेका थिए भने उनका निकटतम प्रतिद्धन्दी बिनोद ढुंगानाले १३ मत प्राप्त गरे।


त्यसैगरी सदस्य पदमा विकास खनालले ४१,बिष्णु गौतमले ३६,उपेन्द्र खनाल र राजेश्वर हड्खलेले ३० –३० मत प्राप्त गरी बिजयी बनेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी अशोक विश्वकर्माले ११ मत प्राप्त गरी पराजित बने।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी