
पोखरा : गण्डकी प्रदेश सभा सदस्य सुनिता थापाले शुक्रबार शपथ ग्रहण गरेकी छन् ।नेपाली कांग्रेसकी समानुपातिक तर्फबाट निर्वाचित थापालाई प्रदेश सभा सचिवालायमा सभामुख कृष्णप्रसाद धितालले शपथ गराएका हुन् ।
प्रदेश सभा सदस्य विमला गौचनको निधन भएपछि खाली भएको पदमा थापा निर्वाचित भएकी हुन् । श्रवणशक्ति गुमेका कारण अरुले बोलेको सुनीताले सुन्न सक्दिनन् ।गण्डकी प्रदेश सभामा अपांगता भएकाहरुका व्यक्तिहरुबाट अब सुनीताले नै प्रतिनिधित्व गर्ने भएकी छन् ।
गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको गत कात्तिक २८ गते निधन भई रिक्त भएको उक्त पदमा थापालाई काँग्रेसले मनोनीत गर्ने निर्णय गरेको हो ।