
दमौली : मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पॉच दिन सडक अवरुद्ध हुने भएको छ । जामुने बजारदेखि कास्कीको सेतीपुल सम्मको सडक स्तरोन्नति थालिएकाले मंसिर २८ गते देखि पुस २ गते सम्म १० घण्टा बन्द गर्न लागिएको हो ।
उक्त सडकमा प्रत्येक दिन बिहान ८ देखि सॉझ ६ बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
साथै उक्त कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवं यात्रीलाई अनुरोध गरेको छ ।