दमौली : तनहुँको व्यास नगरपालिका–१२ कमलबारी निवासी ९० वर्षीय बालकुमारी पन्थले सामाजिक सुरक्षाभत्ताको रकमबाट आश्रमलाई सहयोग गरेकी छन्।
व्यास नगरपालिका–५ चापाघाट स्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई वृद्धभत्ता बुझेको रकमबाट सहयोग गरिएकी हुन्।
आश्रमलाई खाद्यान्न र नगद दुई हजार छ सय रुपियाँ सहयोग गरिएको आश्रमकी सचिव निर्मला मल्लले बताईन। उनका अनुसार ज्वाई रमानिधि कैनीको ४५ औँ दिनको पुण्य तिथिमा सहयोग गरिएको थियो। करिब ५० वर्ष अघि दुई रोपनी जग्गा बेचेर पन्थले ठाँटी बनाएको पन्थले स्मरण गरिन।
विद्यालयका लागि चन्दा दिने, पार्टीपौवा बनाउने, मन्दिर बनाउने जस्ता कार्यमा सहयोग मात्र होइन पन्थले आफ्नो घर नजिकै अद्धैत संस्थाको भवन निर्माणका लागि तीन आना जग्गा पनि दान दिएकी छन।