आँबुखैरेनी: तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुर स्थित श्री चन्द्रोदय मा.वि.मा बालबालिका आधारभूत सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीको आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रामिण भेगका दुरदराजमा रहेका आम नागरिकहरुलाई समेत सचेतना गराउने उद्देश्यका साथ उक्त विद्यालयमा बालबालिका आधारभूत सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम गरिएको प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक सुवेदी सहितको प्रहरी कर्मचारीहरुबाट विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षकहरु, अभिभावकहरु एवं कक्षा ४ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरुको सहभागितामा बालबालिका आधारभूत सुरक्षा सम्बन्धी एक दिने सचेतना कार्यक्रम सम्पन्न गरिएको थियो ।