
दमौलीः नेपाल मार्सल आर्टस हाप्किडो संघ तनहुँको अध्यक्षमा केहरसिं (बादल) आले सर्वसम्मत चयन भएका छन् । बिहिबार दमौलीमा सम्पन्न भेलाले आलेको संयोजकत्वमा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा नरमाया आले र एचबी मगर, सचिवमा सरोज बस्नेत तथा कोषाध्यक्षमा वीरबहादुर दरै चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा किरण ढकाल, राजेन्द्र घर्ती, अरुणकुमार थापा र कर्ण श्रेष्ठ चयन भएको संघले जनाएको छ ।