दमौली: सहृदयी मञ्च तनहुँ नेपालको आयोजना तथा व्यास नगरपालिका तनहुँको सहयोगमा तनहुँ जिल्लामा पहिलो पटक व्यास नगर मैत्रीपुर्ण ह्विलचेयर वास्केट बल प्रतियोगिता सञ्चालन हुन लागेकाे छ ।
अपाङ्गता भएका व्यक्तिहरूले खेल खेल्न सक्दैनन् भन्ने आम सोचलाई चिर्नको लागि तनहुँ जिल्लामाअपाङ्गताको क्षेत्रमा क्रियाशील संस्था सहृदयी मञ्च तनहुँ नेपालले यो मैत्रीपुर्ण बास्केटबल प्रतियोगिता आयोजना गर्न लागेको सहृदयी मञ्च तनहुँ नेपाल अध्यक्ष सावित्री सुवेदी बताईन्।
समाजमा अझै पनि अपाङ्गता भएका व्यक्तिहरूले खेल खेल्न सक्दैनन् भन्ने सोचाई विद्यमान रहेको पनि अध्यक्ष सुवेदीको भनाई थियो। सामाजिक सचेतनाका लागि ह्विलचेयर प्रयोगकर्ता (शारीरिक अपांगता भएका) व्यक्तिहरू विच यहिँ मंसिर २९ गते शनिबारको दिन व्यास -३ मा रहेको बास्केटबल कोर्टमा व्यास नगर मैत्रीपुर्ण ह्विलचेयर वास्केटवल प्रतियोगिता सञ्चालन गर्न लागेको हो।
हाल व्यास नगरपालिका लगायत अन्य स्थानिय तहहरुले अपाङ्गता भएका व्यक्तिहरूले खेल्ने विभिन्न प्रकारका खेलकुद का लागि बजेट विनियोजन गर्न थालेका छन्।