स्कर्पियो दुर्घटना हुँदा ८ जनाको मृत्यु, ४ घाइते

दमौली न्युज
  • ख-
  • ख+

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित धन्सारपुल नजिक स्कार्पियो दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । बाराको गढीमाईमा आयोजित मेलामा सहभागी भएर फर्किरहेका यात्रु चढेको स्कारपियो गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

गढीमाई दर्शन गरेर सिराहा फर्कँदै गरेका दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो अनियन्त्रित भई सडक किनारको रुखमा ठोक्किएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईले जानकारी दिए । प्रहरीका अनुसार सिराहा अर्नमा गाउँपालिका(३ का ६० वर्षीया फुलमन्ति रामको उपचारको क्रममा मृत्यु भएको छ।

थर वतन नखुलेको अन्दाजी ४५ वर्षीय स्कर्पियो चालकको पनि उपचारको क्रममा मृत्यु भएको छ । अरु मृतकको सनाखत गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको चन्द्रनिगाहपुरस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । एक जनालाई थप उपचारको लागि वीरगन्ज रेफर गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी