आँबुखैरेनी अस्पताल डायलसिस सेवाका लागि सुचीकृत, सुविधा विस्तारका लागि स्वास्थ्य मन्त्री पौडेलको पहल

दमौली न्युज
  • ख-
  • ख+

आँबुखैरेनीः तनहुँको आँबुखैरेनीस्थित आँबुखैरेनी अस्पतालले मृगौलाका बिरामीको डायलसिस सेवा सञ्चालन गर्नका लागि स्वास्थ्य सेवा विभागमा सुचीकृत भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आम नागरिकले सहजता पाउने भन्दै अनुमति प्रक्रिया छिटो सम्पन्न गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई भनेका थिए ।

लगत्तै विभागबाट गएको अनुगमन टोलीले अनुमति दिन सिफारिस गरेपछि विभागले अस्पतालमा सेवा सञ्चालनका लागि अनुमति दिएको हो ।


गाउँपालिका अध्यक्ष शुक्र चुमानले सामाजिक सञ्जालमा सहयोगका लािग मन्त्री पौडेललाई धन्यवाद दिएका छन् । उनले अब पूर्ण क्षमतामा डायलसिस सेवा उपलब्ध हुने जानकारी दिए ।


गाउँपालिका अध्यक्ष शुक्र चुमानको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले अस्पतालमा सेवा सञ्चालनका लागि सुचीकृत नहुँदा पूर्ण क्षमतामा सेवा दिन समस्या भएको भन्दै सघाउन अनुरोध गरे पछि मन्त्री पौडेलले प्रक्रिया अघि बढ्ने बताएका थिए ।अस्पतालका लागि आवश्यक सामग्री र उपकरणमा समेत सघाउने मन्त्री पौडेलले बताएका थिए ।

साथै, अस्पतालमा सुरक्षित सुत्केरी सेवा सञ्चालनका लागि समेत मन्त्रालयअन्र्तगतको परिवार कल्याण महाशाखाले अनुमति दिने तयारी गरिरहेको छ । यसो भएमा गाउँपालिकामार्फत सञ्चालित अस्पतालमा सुत्केरी गराउने महिलाले सरकारले दिने सुविधा रकम प्राप्त गर्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी