गोताखोर प्रहरी परिचालन गरियो त्रिशूली नदीमा खसेको ग्यास बुलेटका चालक र सहचालक खोज्न

दमौली न्युज
  • ख-
  • ख+

काठमाण्डौ – धादिङको कृष्णभीरबाट त्रिशूली नदीमा खसेको ग्यास बुलेटका चालक र सहचालको खोजीको लागि सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन भएको  छ ।  

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अश्विनकुमार गुरुङ्गको कमाण्डमा  गोताखोरसहित विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन गरिएको प्रहरीले जनाएको छ ।

चितवनबाट काठमाण्डौका लागि छुटेको भारतीय नम्बर प्लेटको ग्यास बुलेट आज बिहान धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ कृष्णभिरबाट त्रिशूली नदीमा खसेको हो । बुलेटमा रहेका चालक तथा सहचालकको अवस्था थाहा हुन सकेको छैन ।बुलेट दुर्घटना स्थल वरपरका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ ।

ग्यास चुहावट भएको देखिएमा तुरुन्त प्रहरीको एक सय नम्बरमा जानकारी गराइदिन पनि अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी