गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

दमौली न्युज
  • ख-
  • ख+

चितवन : चितवनमा गाडीको ठक्करबाट एक जनाको मृत्य भएको छ । मृत्यु हुनेमा पैदलयात्री राप्ती नगरपालिका-२ गड्यौलीका २८ वर्षीय सन्दीप रुवाली रहेको प्रहरीले जनाएको छ ।

उनलाई हेटौडा देखि नारायणघाट तर्फ आउँदै गरेको म.प्र.०३-००१ ख ०५५५ नम्बरको ईभी भ्यानले राप्ती नगरपालिका-१ स्थित पिप्लेमा ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका सन्दीपलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी