ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु

दमौली न्युज
  • ख-
  • ख+

हेटौंडा – मकवानपुर जिल्लाको बकैया गाउँपालिका-५, झाक्रीडाँडा नजिक निर्माणाधीन तराई-काठमाण्डौ द्रुतमार्ग (फास्ट ट्रयाक) मा एक ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

हात्तिसुडेबाट फास्ट ट्रयाकको लागि ग्राभेल लोड गरी गइरहेको ना८ख २४३० नम्बरको ट्रिपर अनियन्त्रित भई करिब २५/३० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो। उक्त दुर्घटनामा परि ट्रिपर चालक, अन्दाजी ४०/४२ वर्षका चितवन निवासी सानु लो तामाङ, सोही ट्रिपरले च्यापिएर घटनास्थलमै ज्यान गुमाएका छन्।

दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धान अनुसार, ट्रिपरको अनियन्त्रित भइ खसेको कारण दुर्घटना भएको बताइएको छ। थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्