कांग्रेस महाधिवेशनः यी हुन् तनहुँ २ बाट निर्वाचित महाधिवेशन प्रतिनिधि

दमौली न्युज
  • ख-
  • ख
  • ख+

दमौलीः नेपाली कांग्रेस क्षेत्रीय अधिवेशनअन्र्तगत तनहुँ क्षेत्र नम्बर २ को महाधिवेशन प्रतिनिधिको मतगणना सकिएको छ ।
प्राप्त परिणामअनुसार खुलातर्फ जीतप्रकाश आले,कृष्णराज पण्डित, चुडामणि खनाल, मिलन आले, राजेन्द्रकृष्ण श्रेष्ठ, ध्रुव वाग्ले,किसान गुरुंग, इन्द्रबहादुर आले, मोहन गिरी र मनिष आर्याल निर्वाचित भएका छन् ।

आदिवासी जनजातितर्फ श्रीराम आले (५३८ मत), हिराबहादुर थापा (५१० मत) र मोहनकुमार श्रेष्ठ (४९६ मत) निर्वाचित भएका छन् ।
खुला महिलातर्फ मायादेवी राना (६६९ मत), निर्जला आर्याल (५६३ मत), बिन्दु मल्ल ठकुरी( आस्था) (६५३ मत) र बद्रिका भट्टराई (४५५)महाधिवेशन प्रतिनिधि निर्वाचित भए । जनजाति महिलातर्फ गिनुमाया थापा (६५८ मत) निर्वाचित भएकी छन् ।

पेशागत विज्ञतर्फ वरिष्ठ अधिवक्ता यदुनाथ खनाल (५२० मत) विजयी भएका छन् ।

दलिततर्फ डोलबहादुर सुनार (४३४ मत) निर्वाचित भए । खस आर्य महिलातर्फ मधुमाया पन्थी (४२५ मत)सहित निर्वाचित हुँदा खस आर्य पुरुषतर्फ रविचन्द्र पौडेल (४३० मत) निर्वाचित भए ।
श्रमिकतर्फ सञ्जितकुमार पतेनी (३९० मत) निर्वाचित भएका छन् ।
३५ मुनिको युवामा अनुप आले (४८९ मत), राजेशकुमार श्रेष्ठ (४५७ मत) र एजिना महत(४१४ मत) विजयी भए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्