पत्रकार महासंघमा चौतारी र युनियनबीच भागबण्डा

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौं । नेपाल पत्रकार महासंघको नेतृत्वमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपाल बीच भागबण्डा भएको छ ।

सहमति अनुसार चौतारीले अध्यक्ष, महिला उपाध्यक्ष, आदिवासी जनजाति सचिव, कोषाध्यक्ष र लेखा संयोजक सहित २२ सदस्यमा पाएको छ ।

बाँकी पदाधिकारीहरूमा युनियनबाट उम्मेदवारी हुनेछ । प्रदेशको नेतृत्वमा पनि भागबण्डा भएको छ ।

चौतारीका उपाध्यक्ष राजेश राईका अनुसार कोशी, मधेश, कर्णाली र उपत्यकाको अध्यक्ष चौतारीले लिएको छ । बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसियट र प्रतिष्ठानको अध्यक्ष युनियनले लिएको छ ।

जिल्ला अध्यक्षहरुमा पनि भागबण्डा भएको छ । ४५ युनियन जिल्ला अध्यक्ष युनियन र ३२ जिल्ला अध्यक्ष चौतारीले लिएको छ । जिल्लाहरुको संख्या टुंगिएपनि कसले कुन जिल्ला लिने भन्ने टुंगिन बाँकी छ । २८ मंसिरमा हुने महाधिवेशनका लागि आज मनोनयन दर्ता हुँदैछ । अनलाईनखबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी