राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु

दमौली न्युज
  • ख-
  • ख+

आँबुखैरेनी : तनहुँ जिल्लाको स्थानीय तहहरु मध्ये पहिलो पटक आँबुखैरेनी गाउँपालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमको शुभारम्भ भएको छ ।

आज बिहीबार आँबुखैरेनी गाऊँपालिकाका अध्यक्ष शुक्र चुमान ज्यूको अध्यक्षता तथा जिल्ला प्रशासन कार्यालय तनहूँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पालिकाका उपाध्यक्ष दुर्गा अर्याल र प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद शर्मा,वडा नं.३ का वडा अध्यक्ष दिनेश के.सि. लगायतको उपस्थिति रहेको थियो ।

परिचयपत्र प्राप्त भएका नागरिकहरु मध्ये ज्येष्ठ नागरिक वडा नं.२ निवासी वर्ष ८१ का रेशमराज भट्टराईलाई परिचयपत्र वितरण तथा कार्यक्रमको ब्यानर वाचन गरेर कार्यक्रमका प्रमुख अतिथि/प्रमुख जिल्ला अधिकारीले राष्ट्रीय परिचयपत्र वितरण शुभारम्भ कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी