
दमौली : तनहुँ जिल्ला अदालतबाट फैसला पश्चात लगत कसी हालसम्म फरार रहेका तीन फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको व्यास नगरपालिका–३ तरकारी लाईन बस्ने बर्ष ५० को बिजयराज पौडेल,देवघाट गाउँपालिका–२ घरभई हाल जिल्ला नवलपरासी गैडाकोट नगरपालिका–६ बस्ने बर्ष ४१ को मन बहादुर बिक र व्यास–१३ बेलबास बस्ने बर्ष २९ का गम्बिर थापा रहेका छन् ।
तनहुँ जिल्ला अदालतबाट फैसला पश्चात लगत कसी हालसम्म फरार रहेका तीनै जना व्यक्तिलाई लुकिछिपी बस्दै आएको अवस्थामा पक्राउ गरिएको तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।
पौडेललाई चेक अनादर रु.एक हजार रुपैयाँ, मन बहादुर बिकलाई सार्वजनिक अपराधमा रु.दुई हजार हजार र गम्बिर थापालाई अमानविय अपराध मुद्धामा २२ दिन कैद र रु.दश हजार रुपैयाँ जरिवाना भुक्तानको लागि जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।