मन्दिर परिसरमा दुई वटा बम फेला

दमौली न्युज
  • ख-
  • ख+

चितवन —पूर्वी चितवनको कालिका नगरपालिकामा दुईवटा ग्रिनेट बम फेला परेको छ । कालिका नगरपालिका–३ चतुर्मुखी मन्दिर परिसरको जमिन खन्ने क्रममा बम भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार जमिन खन्ने क्रममा दुईवटा बम भेटिएका हुन् । ती बम डिस्पोज (निस्क्रिय) गर्नका लागि नेपाली सेनाको टोली परिचालन भएको उनले बताए ।

सेनाको टोली पुगेसँगै बमको अवस्थाको बारेमा थप जानकारी हुने उनले बताए । कान्तिपुर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी