![](https://damaulinews.com/wp-content/uploads/2024/12/FB_IMG_1733241711720.jpg)
आँबुखैरेनी : आँबुखैरेनी गाउँपालिकाले अपाङ्ग व्यक्तिलाई सिरक ब्ल्यांकेट वितरण गरेको छ । गाउँपालिकाले “लक्षित वर्ग संग हाम्रो उपाध्यक्ष” भन्ने नीति तथा कार्यक्रम अन्तर्गत पूर्ण अपांग व्यक्तिहरुको संरक्षण गर्ने उद्देश्यले न्यानो लुगा वितरण गरिएको हो ।
गाउँपालिकाको ३३ औ अन्तराष्ट्रिय दिवसको अवसरमा
गाउँपालिकाका उपाध्यक्ष दुर्गा अर्याल लगायतकाले करिब डेढ दर्जन बढी अपाङ्गलाई घरमै पुगेर न्यानो कपडा सहयोग गरिएको थियो। कार्यक्रममा पालिका अध्यक्ष शुक्र चुमान र प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद शर्माको बिशेष उपस्थिति रहेको थियो ।
आँबुखैरेनी–१ का वडाअध्यक्ष प्रेम बहादुर गुरुङ, कार्यपालिका सदस्यहरू वसुन्धरा गौली, गंगा वि.क., सुशीला नेपाली, वडा नं २ का वडासदस्यहरु कमल बहादुर मगर,टंक कुमारी सिंजालीको उपस्थिति रहेको थियो ।उपाध्यक्ष सहितको जन प्रतिनिधीको टोलीले न्यानो लुगा वितरण गर्नुका साथै अपाङ्गहरुको स्वास्थ्य अवस्था बारे परामर्श गरीएको थियो ।