
दमौली : पछिल्लो समय सामाजिक कार्यामा सक्रिय रहँदै आएको एकता आमा समुह रिसिङ –१ झापुटारले एक स्कुललाई कुर्चि प्रदान गरेको छ । आमा समुहले रिसिङ –१ झापुटारमा रहेको श्री शुक्ला माध्यमिक विद्यालयको बार्षिक उत्सवको अवसर पारि १० थान कुर्चि सहयोग गरेको हो ।
भर्खरै गठन भएर पनि सामाजिक कार्यमा कृयशिल भएको आमा समुहकी सचिव अस्मी सुनार ले बताईन् । उनले भनिन् यो समुह भर्खर १ बर्ष भएको छ गठन भएको तर पनि सक्रियताका साथ सामाजिक कार्यामा लागेका छौं ।
सामाजिक कार्यमा लाग्नु पर्छ भन्ने कुरा आफ्नो मात्र नभई सवै समुहका साथीहरुको भएको हुनाले पनि सामाजिक कार्यलाई निरन्तर दिन सकेको समुहकी अध्यक्ष संगिता वि.क.ले बताईन् ।
केहि दिन अगाडी व्यास ५ पाटनमा रहेको राष्ट्रिय परोपकार महासंघ नेपालमा आश्रीत रहेका जेष्ठ नागरिकलाई खाद्यन्न र केहि नगत रकम सहयोग गरेका थिए।