
दमौलीः तिहारमा देउसी भैलो खेलेर उठाईएको रकमबाट व्यास ५ पाटनमा रहेको राष्ट्रिय परोपकार महासंघ नेपालमा आश्रीत रहेका जेष्ठ नागरिकलाई खाद्यन्न सहयोग गरिएको छ । एकता आमा समुह रिसिङ –१ झापुटारले तिहारमा देउसी भैलो खेलेर जम्मा भएको रकमबाट आश्रमलाई सहयोग प्रदान गरेको हो ।

मानवीय धर्म नै सवै भन्दा ठुलो धर्म भएको भन्दै व्यास ५ पाटनमा रहेको आश्रमलाई दाल, चामल, नुन, तेल, चिनि र केहि नगत रकम एकता आमा समुहले सहयोग गरेको समुहकी कोषाध्यक्ष मनकुमारी वि.क.ले बताईन ।
सामाजिक सेवामा काम गर्ने उदेश्यले गठन गरेको आमा समुहले यस्तै पुण्य काम गर्दै जाने पनि एकता आमा समुहकी अध्यक्ष संगिता वि.क.ले जानकारी दिईन ।
राष्ट्रिय परोपकसार महासंघ नेपालका अध्यक्ष तारानाथ घिमिरेले दिन दुखि अपहेलित परिवारबाट निश्काशित यस्ता व्यक्तिहरुलाई आफुहरुले यो आश्रममा आश्रय दिई रहेको कुरा बताए । अध्यक्ष घिमिरेले दैनिक भोजनको लागि दाताले दिएर पुगेको र आफुहरुले सहयोग गरि दिनु पर्यो भन्न नपरेको पनि उनले बताए ।
करिव ११ वर्ष देखि यहि आश्रममा सेवा गरि रहेका बल बहादुर रानाभाटले जाडो महिना सुरु भएकोले तातो पानीको समस्या भएको बताए । तातो पानी आउने पाईप विग्रीएकोले उनले संचारकर्मी देव गजमेर संग कुनै सहयोग दाता भए सहयोग गरि दिन पनि आग्रह गरे ।