दमौली : प्रहरीले फरार दुई अभियुक्तलाई पक्राउ गरेको छ । चोरी र सार्वजनिक अपराध मुद्दामा तनहुँ जिल्ला अदालतबाट फैसला पश्चात फरार रहेका दुई जनालाई पक्राउ गरिएको प्रहरी नायकव उपरीक्षक अशोक थापाले बताए ।
चोरी र सार्वजनिक अपराध मुद्दामा फरार रहेका आँबुखैरेनी गाउपालिका वडा नं ४ खस्राङ वस्ने नन्द बहादुर गुरुङ र म्याग्दे गाउँ पालिका वडा नं.२ काफलथोक वस्ने आयुष धिमिरेलाई लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
तनहुँ जिल्ला अदालतले नन्द बहादुर गुरुङलाई १ महिना कैद सजाय र १६ हजार ८ सय ४० रुपैया जरिवाना तोकिएको थियो भने अशोक घिमिरेलाई १ हजार जरिवाना तोकिएको थियो ।