रोट्रयाक्ट दमौलीको सचिन स्मृति रक्तदानमा २५ पिन्ट रगत संकलन

दमौली न्युज
  • ख-
  • ख+

दमौली : तनहुँको दमौलीमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रोट्रयाक्ट क्लब अफ दमौलीका संस्थापक सहसचिव सचिन कुमार श्रेष्ठको स्मृतिमा २२औं जिल्ला तथा ११औं राष्ट्रव्यापी स्व. रो. सचिन स्मृति रक्तदान कार्यक्रम दमौलीमा भएको हो ।

उक्त रक्तदान कार्यक्रममा २५ पिन्ट रगत संकलन भएको रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष रवि अधिकारीले जानकारी दिए । रगत अभावमा सचिन जसरी अन्यको मृत्यु नहोस भनेर हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको उनले बताए ।

कार्यक्रमको प्रमुख अतिथि व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरै रहेकी थिइन् । उनले सो अवसरमा हाम्रो थोरै रगतले अन्य बिरामीको ज्यान बच्ने भएकाले सबैले रक्तदान गर्नुपर्ने बताईन । सो अवसरमा प्रमुख अतिथि दरै आफैले समेत रक्तदान गरेकी थिइन् ।

नेपाल रेडक्रस सोसाइटी तनहुँको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको क्लवका सचिव पवन पौडेलले जानकारी दिए । रोट्रयाक्ट डिष्टिक ३२९२ आयोजक रहेको उक्त रक्तदान कार्यक्रमको पहलकर्ता रोट्रयाक्ट क्लब अफ दमौली र रोट्रयाक्ट क्लब अफ काठमाण्डौ मेडिकल कलेज रहेको छ ।

देशभरका रोट्रयाक्ट क्लबहरुले होस्टका रुपमा आ-आफ्नो ठाउँमा दमौलीका सचिन कुमार श्रेष्ठको स्मृतिमा रक्तदान कार्यक्रम गरेको क्लबका अध्यक्ष अधिकारीले जानकारी दिए ।

कार्यक्रममा रोटरी क्लब अफ दमौलीका अध्यक्ष जीवन कुमार श्रेष्ठ, रेडक्रस तनहुँका मन्त्री सुर्यचन्द्र हड्खले लगाएतले बोलेका थिए । कार्यक्रममा स्वागत संगै सचिनको बारेमा क्लबका पुर्वअध्यक्ष दामोदर भण्डारीले जानकारी दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी