नवौं तनहुँ कृषि पर्यटन वस्तु तथा प्रविधि महोत्सव पुस २५ गते देखि हुने

दमौली न्युज
  • ख-
  • ख+

देव गजमेर

दमौली : तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस २५ गते देखि नवौं तनहुँ कृषि पर्यटन वस्तु तथा प्रविधि महोत्सव हुने भएको छ । तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पुर्वाधार भन्ने मुल नारा सहित व्यास –३ स्थित विपी वनबाटिकामा पुस २५ गते देखि माघ ७ गते सम्म महोत्सव सञ्चालन हुने छ ।

संघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव बारे जानकारी दिएको थियो । आर्थिक, सामाजिक विकासका साथै स्थानीय उत्पादन, कृषि, धार्मिक, सांस्कृतिक, पर्यटकीयस्थल, उद्योग, व्यापार व्यवसायको सम्भाव्यता अध्ययन गरी प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव गर्न लागिएको महोत्सव आयोजकले जनाएको छ ।

२ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवमा करिब ५करोड बराबरको आर्थिक कारोबार हुने अनुमान छ । महोत्सव अवधिमा करिव २० लाखको कृषिजन्य उत्पादनको कारोवार हुने लक्ष्य लिईएको पनि तनहुँ उधोग बाणिज्य संघका अध्यक्ष बैकुण्ठ नाथ मिश्रले जानकारी दिए । महोत्सवमा विभिन्न क्षेत्रवाट सहभागिता कृषकहरु मध्येबाट उत्कृष्ट कृषि उपजको आधारमा पुरस्कारको समेत व्यवस्था गरिएको अध्यक्ष मिश्रले बताए ।
महोत्सवमा २ सय स्टलहरु रहने पनि जनाईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी