दमौली : तनहुँको व्यास -१ स्थित आदिकवि भानुभक्त क्याम्पसले विद्यार्थी संग लिएको चर्को शुल्क र जरिवाना बिरुद्व क्याम्पसका विद्यार्थी संगठनहरुले बिरोध जनाएका छन् ।
शुल्कको नाउँमा विद्यार्थीको ढाड सेक्दै आएको यस क्याम्पसले समयमा शुल्क नबुझाउनेलाई जरिवानाको व्यवस्था गरेर शिक्षा क्षेत्रमा क्याम्पसको खिल्ली उडाएको छ ।
शुल्क र जरिवानाको बिरुद्धमा अखिल क्रान्तिकारी विद्यार्थी संगठन,अखिल समाजवादी विद्यार्थी संगठन,अनेरास्ववियु विद्यार्थी संगठन,नेपाल विद्यार्थी संगठन र अनेरास्ववियु आदिकवि भानुभक्त इकाई कमिटीले सोमबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै बिरोध जनाएका हुन् ।
शिक्षा निःशुल्क भन्ने नारा रहेपनि विद्यार्थीले शुल्क तिर्दै आएको र कतिपयका पारिवारिक समस्याका कारण समयमा बुझाउन नसक्दा जरिवानाको व्यवस्था गर्ने निर्णय खेदजनक रहेको विद्यार्थी संगठनले जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ । क्याम्पसले जरिवाना लागू गरेर बिद्यार्थीको सपना चकनाचूर पार्ने कार्य गरेको विद्यार्थी संगठनले आरोप लगाएका छन् ।
क्यापसले लघुबित्त र सहकारीले जस्तो गरी नियम लागू गरेको अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष निर्दोस भट्टराईले बताउनुभयो । विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ती क्याम्पस प्रमुख महाप्रसाद हड्खलेलाई हस्तान्तरण समेत गरेका थिए ।